१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेमा थपिए ३८ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १२४८ पुग्यो



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ८ महिला र ३० पुरुषमा कोरोना पुष्टि भएको हो ।

कार्यालयले जानकारी दिए अनुसार आईतबार थपिएका नयाँ संक्रमितहरुमा ११ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुमा संक्रमण पुष्टि भएको छ भने खजुरा गाँउपालिकाका १९ जनामा संक्रमण पुष्टि भएको छ । रिपोर्ट अनुसार कोहलपुरमा ३ जना, नेपालगन्ज उपमहानगरका २ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा बाजुरा, झापा र गुलरिया बर्दियाका १।१ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा आईतबारसम्ममा १२४८ जनामा संक्रमण पुष्टि भएको छ भने ८२५ जना कोरोना मुक्त भएर घर फर्कनुका साथै ६ जनाको मृत्यु भएको छ । बाँकेमा ४१७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ५ : १९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक