११ पुस २०८२, शुक्रबार | December 27, 2025

पत्रकार फणि महतको निधन



काठमाडौं । पत्रकार फणि महतको निधन भएको छ। विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी उनी नेकपा एमाले निकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए ।

ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए । उनको निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ०३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र