काठमाडौं । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् । प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन् ।
बेलकोटगढी-७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार साँझ नुहाउने क्रममा उनीहरू बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए ।
उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको थियो । बुधबार बिहानैदेखि उनीहरूको खोजी जारी राख्ने थापाले जानकारी दिए ।



















प्रतिक्रिया