२ श्रावण २०८३, शनिबार | July 18, 2026

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै



मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो ।

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ ।

यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो-चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १० : २९ बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ