१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नोरा फतेही काठमाडौंमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने



काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही पहिलो पटक कार्यक्रमका लागि नेपाल आएकी छिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आएको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए ।

उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा प्रस्तुति दिनुहुनेछ ।”

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुति दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनी वसन्तपुर, पशुपतिलगायत सम्पदाको पनि भ्रमण गर्नेछिन् । बौद्धस्थित हायातमा आयोजना हुने कार्यक्रमका लागि उनीसँग २० बढी नृत्याङ्गना पनि सहभागी हुनेछन् ।

अभिनेत्री फतेहीको नृत्य रहेका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् । कार्यक्रमका लागि आज दिउसो ३ बजेदेखि नै सहभागीका लागि गेट खुल्ला गरिने आयोजकले बताएको छ । इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकेट काटट्ने सकिने बताइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १० : १६ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ