१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नोरा फतेही काठमाडौंमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने



काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही पहिलो पटक कार्यक्रमका लागि नेपाल आएकी छिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आएको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए ।

उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा प्रस्तुति दिनुहुनेछ ।”

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुति दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनी वसन्तपुर, पशुपतिलगायत सम्पदाको पनि भ्रमण गर्नेछिन् । बौद्धस्थित हायातमा आयोजना हुने कार्यक्रमका लागि उनीसँग २० बढी नृत्याङ्गना पनि सहभागी हुनेछन् ।

अभिनेत्री फतेहीको नृत्य रहेका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् । कार्यक्रमका लागि आज दिउसो ३ बजेदेखि नै सहभागीका लागि गेट खुल्ला गरिने आयोजकले बताएको छ । इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकेट काटट्ने सकिने बताइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १० : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले