२ श्रावण २०८३, शनिबार | July 18, 2026

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन्। जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ गएकी हुन्। मन्त्री डा राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल)द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरुको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी मन्त्री राणालाई सो कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको हो ।

जापानमा रहँदा उनले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १० : ३२ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ