२८ भदौ २०८३, आइतबार | September 14, 2026

अफवाह फैलाउने युट्युबर प्रहरीको फन्दामा



काठमाडौं । युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा एकजना युट्युबर पक्राउ परेका छन् । कोरोना भाइरसका बिषयमा पुष्टि नभएका अफवाह फैलाएको अभियोगमा तेह्रथुम घर भई ललितपुर महानगरपालिका – १४ नक्खिपोट बस्ने अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ, भन्ने जस्ता उत्तेजना फैलाउने, आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएको अभियोगमा लिम्बुलाई महानगरीय अपराध महाशाखाले ललितपुर नक्खिपोटबाट पक्राउ गरेको हो ।

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : ३० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा