२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अख्तियारमा कार्यरत डीआईजी हिमालय श्रेष्ठको सरुवा, ओमबहादुर राना पठाइए



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठलाई सरुवा गरिएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री मुछिएको आरोप लगाइरहेको र अख्तियारले नै सो प्रकरणको छानबिन गरिरहेको बेला डीआईडी श्रेष्ठको सरुवा भएको हो ।

श्रेष्ठलाई अख्तियारबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ । श्रेष्ठको ठाउँमा ओमबहादुर रानालाई अख्तियार पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका ११ डिआइजीहरूको सरुवा गरेको जनाएको छ ।

डीआईजी सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ।

दीपक रेग्मीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, माधव श्रेष्ठको कर्णाली प्रदेश कार्यालय सुर्खेत सरुवा भएको छ।

दिलीपसिंह देउवाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रदेश समन्वय विभाग, जयराज सापकोटाको कार्य विभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग र सुरेन्द्र गुरुङको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ४ : ३२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले