१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

यशोदा पार्वती फाउण्डेसनको सहयोग र अल केयर नेपालले व्यवस्थापनमा देवदहको चरंगेमा छाडा कुकुरको उपचार तथा व्यवस्थापन



देवदह । देवदह नगरपालिकाको वडा नं १० चरंगेमा छाडा कुकुर उपचार तथा व्यवस्थापनको सुरुवात भएको छ । यशोदा पार्वती फाउण्डेसनको सहयोगमा अल केयर नेपालले व्यवस्थापन सुरु गरेको हो ।

आइतबार एक कार्यक्रम बीच देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले व्यवस्थापन केन्द्रको उद्घाटन गरे । प्रमुख खरेलले व्यवस्थापन केन्द्रको कार्यालय उद्घाटनसँगै विरामी कुकुर ओसारपसार गर्नको लागि यशोदा पार्वती फाउण्डेसनले प्रदान गरेको एम्बुलेन्स अल केयरलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै उनले समाजका मनकारी र धनी व्यक्तिहरूले असाहाय जनवार वा आफू भन्दा कम सम्पन्न व्यक्तिहरुलाई सहयोग गर्नु अनिवार्य भएको बताए । उनले जनावरप्रतिको संवेदनशीलता मानव सभ्यताको सूचक भएको धारणा राखे । नगर प्रमुख खरेलले नगरपालिकाको तर्फबाट यस्ता कार्यमा सहकार्य र समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा देवदह-१० का वडा अध्यक्ष यकबहादुर सुनार, यशोदा पार्वती फाउण्डेसनकी अध्यक्ष सुरन्दा मालपानी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, यशोदा फुड्स प्रालिका सञ्चालक नरेश्वर पौडेल, गाइ संरक्षण अभियन्ता सोमराज ‘महाराज’ लगायतले बोल्दै मानव सभ्यताको सुरुवाती कालदेखि नै कुकुर र मानव साथीका रूपमा बस्दै आएको बताए ।

वक्ताहरुले कुकुर व्यवस्थापन र गौशाला स्थापना जस्ता सामाजिक उत्तरदायित्वका काममा निजी क्षेत्रको सक्रियताको प्रशंसा गर्दै यसलाई अझै बढाउनुपर्ने सुझाव दिए । चरंगे व्यवस्थापन केन्द्रले देवदह, बुटवल र तिलोत्तमा क्षेत्रलाई समेटेर व्यवस्थित कुकुरशाला निर्माण गर्ने र छाडा कुकुर व्यवस्थापनका दीर्घकालीन संरचना तयार गर्ने जनाइएको छ ।

यशोदा फुड्स प्रालिका सञ्चालक चुन्नु पौडेलको अध्यक्षता रहेको कार्यक्रममा सरस्वती बश्यालको संचालन रहेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  २ : ५५ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई