३२ असार २०८३, बिहिबार | July 16, 2026

रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण



किभ । युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमान माथि लक्षित गर्दै लगातार ड्रोन आक्रमण गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने स्थानमा स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गर्दै ११७ वटा ड्रोन प्रहार भएको बताए । युक्रेनले आइतबार प्रहार गरेको यो प्रविधि निर्माण गर्न १८ महिना लागेको बताइएको छ ।

रुसले ५ क्षेत्रमा युक्रेनले आक्रमण गरेको बताउँदै यसलाई आतङ्ककारी गतिविधि भनेको छ । युक्रेनका अधिकारीले आफ्नो भूमिमा पनि लगातार आक्रमण भइरहेको जनाएको छ ।

युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो । टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनका बीचमा दोस्रो चरणको वार्ता हुने जनाइएको छ । सन् २०१४ मा नै लिएको क्रिमियासहित रुसले युक्रेनको २० प्रतिशत भू-भागमा कब्जा जमाएको छ ।

राष्ट्रपति जेलेन्सकीले आइतबारको आक्रमण पछि आफ्नो सुरक्षा संयन्त्रलाई बधाई दिँदै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

यस अपरेसनमा सरिक सबै जना रुसबाट फर्किएको पनि जेलेन्स्कीले बताएका छन् । युक्रेनले प्रयोग गरेको सबै ड्रोनमा फरक पाइलट थिए । युक्रेनले रुसको सात अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण नास गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : ३३ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको