९ माघ २०८२, शुक्रबार | January 23, 2026

भूकम्पलगत्तै पाकिस्तानको जेलबाट २१६ कैदी फरार



इस्लामवाद । सोमबार राति पाकिस्तानको कराचीस्थित मालिर जेलबाट २१६ कैदीहरू भागेका छन् ।

जेल प्रशासनका अनुसार कराचीमा भूकम्पको झट्का पछि सावधानी अपनाउँदै कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो । यस अवसरको फाइदा उठाउँदै कैदीहरू मुख्य ढोकाबाट भागेको जियो न्यूजले भनेको छ ।

यी मध्ये करिब ८० कैदीहरू फेरि पक्राउ परेका र अरु १३५ कैदी अझै फरार रहेको बताइएको छ । जेलका सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान यो कुरा पुष्टि गरेका हुन् ।

यसअघि धेरै मिडिया रिपोर्टहरूमा पर्खाल भत्काएर कैदीहरू भागेको भनेका थिए । प्रशासनले कुनै पनि पर्खाल नभेटिएको स्पष्ट पारेको छ, भागदौडको बीचमा सबै कैदीहरू मुख्य ढोकाबाट भागेका थिए । भूकम्पपछि ७०० देखि १००० कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो । हडबडी मच्चिरहँदा १०० भन्दा बढी कैदीहरू मुख्य ढोकातिर धक्का मुक्की गरेर भागेको गृहमन्त्री लन्जारले भनेका छन् ।

कारागार प्रशासनका अनुसार खोजी कार्य अझै जारी छ । यस कारबाहीमा विशेष सुरक्षा एकाइ (एसएसयू), र्‍यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) का टोलीहरू मिलेर काम गरिरहेको बताइएको छ । घटना लगत्तै रेन्जर्स र एफसीले जेल नियन्त्रणमा लिएका थिए ।

यस घटनामा एक कैदीको मृत्यु भएको खबर आएको छ । साथै, ४ सुरक्षाकर्मी घाइते भएको भनिएको छ । गृहमन्त्रीले प्रशासनिक लापरबाही पनि यो घटनाको कारण हुन सक्ने स्वीकार गरेका छन् । भागेका प्रत्येक कैदीको पहिचान र रेकर्ड उपलब्ध भएको र उनीहरूको घर र वरपरका क्षेत्रमा छापा मारिएको गृहमन्त्री लन्जरले बताए । लापरबाही गर्ने अधिकारीहरू विरुद्ध अनुशासनात्मक कारबाही गरिने जेल मन्त्रीले बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  २ : ४७ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति