२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो



काठमाडौं । साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ दशमलव ४६ को कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ बराबरको कारोबार भएकामा आज कारोबार रकम भने बढेको हो ।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ । एक सय ९३ कम्पनीको शेयर मूल्य घट्दा एउटा कम्पनी स्थिर छ । रिर्भस फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ४३ बजे

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।