२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प र एलन मस्कबीचको सम्बन्धमा तनाव, एकले अर्काको आलोचना



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलन मस्कको सम्बन्धमा तनाव देखिएको छ । लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको हो ।

मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई गैरजिम्मेवार र राष्ट्रको दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाएका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए । मस्कलाई संघीय खर्च नियन्त्रणका लागि प्रशासनमा जिम्मेवारी दिइएको भएतापनि सो उद्देश्य अनुसार मस्कले काम गर्न नसकेको बताएका छन् ।

जवाफमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् राष्ट्रपति ट्रम्पको आलोचना गर्दै एकपछि अर्को आक्षेप लगाएका छन । ट्रम्पको नाम दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूमा हुनसक्ने दाबी गरेपछि दुईबीचको विवाद झन् चर्किएको समाचारमा उल्लेख छ ।

यस दाबीलाई अस्वीकार गर्दै ट्रम्पले मस्कलाई मानसिक रूपमा अस्थिर व्यवहार देखाएको आरोप लगाएका छन् । मस्कका कम्पनीहरूसँग रहेका सरकारी ठेक्काहरू समेत पुनरावलोकन गरिने ट्रम्पको चेतावनी छ । विवादले शुक्रबार टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ९ : १९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले