१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प र एलन मस्कबीचको सम्बन्धमा तनाव, एकले अर्काको आलोचना



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलन मस्कको सम्बन्धमा तनाव देखिएको छ । लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको हो ।

मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई गैरजिम्मेवार र राष्ट्रको दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाएका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए । मस्कलाई संघीय खर्च नियन्त्रणका लागि प्रशासनमा जिम्मेवारी दिइएको भएतापनि सो उद्देश्य अनुसार मस्कले काम गर्न नसकेको बताएका छन् ।

जवाफमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् राष्ट्रपति ट्रम्पको आलोचना गर्दै एकपछि अर्को आक्षेप लगाएका छन । ट्रम्पको नाम दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूमा हुनसक्ने दाबी गरेपछि दुईबीचको विवाद झन् चर्किएको समाचारमा उल्लेख छ ।

यस दाबीलाई अस्वीकार गर्दै ट्रम्पले मस्कलाई मानसिक रूपमा अस्थिर व्यवहार देखाएको आरोप लगाएका छन् । मस्कका कम्पनीहरूसँग रहेका सरकारी ठेक्काहरू समेत पुनरावलोकन गरिने ट्रम्पको चेतावनी छ । विवादले शुक्रबार टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ९ : १९ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय