१० पुस २०८२, बिहिबार | December 25, 2025

देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका डडेल्धुराका कर्णसिंह रावलको निधन भएको छ । ०५६ सालदेखि लगातार देउवाविरुद्ध चुनावी प्रतिष्पर्धा गर्दै आएका रावलको शुक्रबार बिहान डडेल्धुराको अमरगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो ।

नवदुर्गा गाउँपालिकामा पर्ने मम्या गाउँका रावल सदरमुकाम अमरगढी नगरपालिकामा बस्दै आएका थिए । ‘मम्याल बाजे’ का नामले परिचित उनी ०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

उनी ०४८ सालको संसदीय निर्वाचनमा देउवालाई जिताउन चुनावी अभियानमा सक्रिय थिए । तर, ०५४ सालमा तीन दशक लामो सरकारी सेवाबाट अवकाश पाएपछि रावलले ०५६ सालको निर्वाचनमा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मालपोत कार्यालयमा रहँदा सरुवासम्बन्धी विवादले उनी पूर्वप्रधानमन्त्री देउवासँग खिन्न भएका थिए । त्यसपछि उनले जीवनभर देउवासँग प्रतिस्पर्धा गर्ने अठोट लिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ०७९ मा उनले ४४२ मत पाएका थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा रावलको पक्षमा २८० मत खसेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १२ : ५७ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन