३२ असार २०८३, बिहिबार | July 16, 2026

देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका डडेल्धुराका कर्णसिंह रावलको निधन भएको छ । ०५६ सालदेखि लगातार देउवाविरुद्ध चुनावी प्रतिष्पर्धा गर्दै आएका रावलको शुक्रबार बिहान डडेल्धुराको अमरगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो ।

नवदुर्गा गाउँपालिकामा पर्ने मम्या गाउँका रावल सदरमुकाम अमरगढी नगरपालिकामा बस्दै आएका थिए । ‘मम्याल बाजे’ का नामले परिचित उनी ०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

उनी ०४८ सालको संसदीय निर्वाचनमा देउवालाई जिताउन चुनावी अभियानमा सक्रिय थिए । तर, ०५४ सालमा तीन दशक लामो सरकारी सेवाबाट अवकाश पाएपछि रावलले ०५६ सालको निर्वाचनमा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मालपोत कार्यालयमा रहँदा सरुवासम्बन्धी विवादले उनी पूर्वप्रधानमन्त्री देउवासँग खिन्न भएका थिए । त्यसपछि उनले जीवनभर देउवासँग प्रतिस्पर्धा गर्ने अठोट लिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ०७९ मा उनले ४४२ मत पाएका थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा रावलको पक्षमा २८० मत खसेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १२ : ५७ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको