३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका



काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ ।

मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ । बालबालिकाको परिचय प्रहरी सार्वजनिक गरेको छैन ।

घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए । चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ । प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ । उनीहरू चारै जना नेपाली हुन् ।

छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए । मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण-पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ७ : ५५ बजे

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ