६ असार २०८२, शुक्रबार | June 20, 2025

अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका



काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ ।

मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ । बालबालिकाको परिचय प्रहरी सार्वजनिक गरेको छैन ।

घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए । चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ । प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ । उनीहरू चारै जना नेपाली हुन् ।

छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए । मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण-पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ७ : ५५ बजे

कैलालीमा सुत्केरी मृत फेला

कैलाली । गौरीगङ्गा नगरपालिका-७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक