३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीले ३६ औँ स्थापना दिवस



तिलोत्तमा । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले ३६ औँ स्थापना दिवस मनाएको छ । शनिबार तिलोत्तमास्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीको आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी केक काटेर महासङ्घ रुपन्देहीले सङ्घको स्थापना दिवस मनाएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका अध्यक्ष टङ्कनाथ अधिकारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिँदै महासङ्घ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले महासङ्घको जन्म कस्तो परिस्थितिमा भएको थियो र महासङ्घ अहिले कस्ता अवस्थामा छ भन्ने विषयमा प्रकाश पारेका थिए । उनले २०४७ सालमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्थापना भएको बताउँदै सुरुवाती समयमा यो संस्था निकै सक्रिय रहेको भएता पनि बिचको समयमा सुस्त हुन पुग्दा पछाडि परेको बताए। देशमा सबै भदा धेरै साना तथा मझौला व्यवसायीहरूकाे संख्या रहेको भएको बताउँदै महासंघले सबैलाई समेटेर अगाडी बढ्न पर्ने बताए ।

त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका सल्लाहकार ज्ञानेन्द्र कसजुले शुभकामना दिँदै कुनै समय घरेलु तथा साना उद्योग महासङ्घ व्यावसायिक संघ–संस्थाहरू मध्य सबैभन्दा सक्रिय र ठुलो सस्ताका रूपमा रहेको स्मरण गरे । त्यस्तै महासङ्घ रुपन्देहीका सल्लाहकार तेजकुमार पाठक तथा नवराज श्रेष्ठले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ आम साना तथा मझौला व्यावसायिहरुको साझा संस्था भएको बताउँदै संस्थाले हरेक साना व्यावसायिहरुको आवाज मुखरित गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरूले महासङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दे हालै सार्वजनिक बजेटमा महाघले साना तथा मझौला व्यावसायिहरुका हितमा उठाएका मागहरूको सम्बोधन गरिएका भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महासंघ रुपन्देहीका अध्यक्ष टङ्कनाथ अधिकारीले २०४७ सालमा स्थापना भएको यो संस्था आम उद्योगी तथा व्यावसायिहरुको साझा संस्था भएको बताउँदै यसमा साना देखि वार्षिक १५ करोड कारोबार गर्ने सम्मका व्यावसायिहरु समेटिने भएकाले महासंले सबैलाई समेटेर अगाडी बढ्ने बताए, उनले तिलोत्तमा नगरपालिकाले यो भवन अस्थायी रूपमा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएकोमा नगर प्रमुख उपप्रमुख लगायत सबैमा हार्दिक धन्यवाद दिए ।

उनले सबैको साथ र सहयोग रहे यसै कार्यकालमा महासङ्घ रुपन्देहीको आफ्नै भवन बनाएर सोही भवन बाट महासङ्घको सम्पूर्ण प्रशासनिक कार्यहरू सञ्चालन गर्ने आफ्नो अठोट रहेको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुव कुमार धिताल, महासङ्घ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष नेत्र पाठक, तिलोत्तमा नगर अध्यक्ष ईश्वरी कार्की, महिला उद्यमी समिति रुपन्देही अध्यक्ष सुलोचना नेपाल, महिला उद्यमी समिति केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी प्रदेश कोषाध्यक्ष माया खनाल, महासंग रुपन्देहीका मिडिया सल्लाहकार गौतम भुसाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासङ्घ रुपन्देही सचिव थानेश्वर चापागाँइले गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ९ : १६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको