२ पुस २०८२, बुधबार | December 17, 2025

एमआरपी नराखी जुत्ताचप्पल उत्पादन गर्ने लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई २ लाख जरिवाना



नेपालगन्ज । अधिकतम मूल्य नराखी जुत्ता जुत्ता चप्पल उत्पादन गर्ने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ३ खजुरारोड स्थित लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा अधिकतम् मूल्य (एमआरपी) कायम नगरी जुत्ता चप्पल बजारमा विक्रि वितरण गरेको पाइएपछि जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए । कुनै पनि सामान उत्पादन गरेपछि अनिवार्यरुपमा त्यसको एमआरपी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५, को दफा ३८ को खण्ड (ङ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको खत्रीले बताए ।

चालू आर्थिक बर्षको यो सबैभन्दा ठूलो जरिवाना भएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन