३ पुस २०८२, बिहिबार | December 18, 2025

तीन लाख धरौटी रकम बुझाएर रवीन्द्र मिश्र रिहा, भने – अदालतले न्याय दियो



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएकी थिइन । त्यसपछि मिश्रले सो रकम जम्मा गरेर रिहा भएका हुन् ।

रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपछि अदालतले न्याय दिएको प्रतिक्रिया दिए उनले राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दुःखद रहेको पनि बताए ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र आज जिल्ला अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस भएको थियो ।

सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी पनि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।

गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ०६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन