२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

तीन लाख धरौटी रकम बुझाएर रवीन्द्र मिश्र रिहा, भने – अदालतले न्याय दियो



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएकी थिइन । त्यसपछि मिश्रले सो रकम जम्मा गरेर रिहा भएका हुन् ।

रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपछि अदालतले न्याय दिएको प्रतिक्रिया दिए उनले राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दुःखद रहेको पनि बताए ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र आज जिल्ला अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस भएको थियो ।

सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी पनि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।

गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ०६ बजे

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति

५२६ मतको अन्तरमा नेकपा नेता भीम रावल पराजित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल झिनो मतले