११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी छन् ।

 

 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : ३८ बजे

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्