२० मंसिर २०८२, शनिबार | December 6, 2025

सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट टोली घोषणा



काठमाडौं । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । यही असार ८ देखि २१ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान शर्मासहित उपकप्तान सुर्याशु कोइराला, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् ।

प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित थाइल्याण्ड, माल्दिभ्स, हङ्कङ र म्यानमार छन् ।

नेपालले यही असार ८ गते सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच यही असार २१ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : ४८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले