१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा स्थानीयवासीले थप रु १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरेको पाउद्धार माविको स्टेज र खेलमैदान ढलान योजना सहयोग र श्रमदान जुटाएर सम्पन्न गरेका हुन् ।

उपभोक्ता समितिका सचिव हरिप्रसाद तिलिजाले पुरानो स्टेजलाई पुनर्निर्माण गर्नुका साथै खेलमैदान ढलान, बास्केटबलको फाइबर बोर्ड जडान, प्रवेशद्वार मर्मत सकिएको र प्यारापिट प्लास्टरको तयारी भएको जानकारी दिए ।

“रु तीन लाख बजेटले योजना अधुरो हुने भएपछि बेलायत, हङकङलगायत देशमा रहेका पाउद्धारवासीलाई सहयोगको अनुरोध गरेका थियौँ”, उनले भने, “विदेशमा रहेका पूर्वविद्यार्थीले आफूले पढेको विद्यालय र जन्मथलो सम्झिएर मन खोलेर सहयोग तथा गाउँमा भएकाले श्रमदान गरेपछि खेलमैदान बनाउन पनि सफल भएका हौँ ।”

सठ्ठाइस मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गरेर पक्की बनाउनुका साथै बास्केटबलको फाइबर बोर्ड राखिएको छ । पाउद्धारको तीन वटा टोलका १३५ घरपरिवारले एकरएक दिनका दरले श्रमदान गरेका थिए ।

खेलमैदानको कुनातर्फ रहेको ३० मिटर लामो प्यारापिट पलास्टर गर्न सिमेन्ट र बालुवा ढुवानी गरिएको छ । गाउँपालिकाबाहेक रु १६ लाख सहयोग जुटेको सचिव तिलिजाले बताए । पाउद्धार मावि परिसरको स्टेजमा विद्यालयको भवन नभएको अवस्थामा ४० वर्षअघि खरीले पाटीमा लेखेर पढाउने गरिएको थियो ।

स्टेज र खेलमैदान निर्माण भएपछि औपचारिक कार्यक्रम सञ्चालनका साथै खेलअभ्यास गर्न सहज भएको पाउद्धार माविका प्रअ हेमन्त तिलिजा पुनले बताए । ३५ वर्षअघि म्याग्दी जिल्लामै पहिलोपटक ढलान गरिएको पाउद्धार माविको खेलमैदान पछिल्लो समय जीर्ण बनेको थियो । उक्त खेलमैदानमा पाउद्धारका प्रौढ, बालबालिका र किशोर किशोरीहरू हरेक साँझ समूह बनाएर भलिबल र बास्केटबल खेल अभ्यास गर्छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले