६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

योगले विश्वशान्तिको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले योगले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेकाछन्।

अन्तरराष्ट्रिय योग दिवस, २०२५ को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले योग शारीरिक अभ्यास मात्र नभई एक जीवनपद्धति पनि भएको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, “योग शारीरिक अभ्यास मात्र नभई यो एक जीवनपद्धति पनि हो । योगले आत्मा, शरीर र मनवबीचको सन्तुलन स्थापित गरी मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउँदछ ।”

सम्पूर्ण मानव समुदायमा योगको महत्व, लाभ र समग्र जीवनमा यसको प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन २१ मा यो दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । योगले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनन्दिन जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति यादवको भनाइ छ । “आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र जीवनशैलीजन्य समस्या समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको छ”, उनले भनेका छन् ।

यादवले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास व्यक्त गरेका छन्। योगले विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घकालीन रोगको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेको उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले सम्पूर्ण नागरिकहरूले योगलाई आफ्नो जीवनशैलीमा आत्मसात् गर्दै शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। स्वस्थ जीवनशैलीको अभ्यासमार्फत हामी समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुनसक्ने उनले बताएकाछन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ११ : ५४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस