२० मंसिर २०८२, शनिबार | December 6, 2025

होटल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल



बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् ।

यस्तैगरी, सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्‌घाटन गरेका थिए । सोही अवसरमा बोल्दै उनले बुटवललाई पर्यटकीय र सांस्कृतिक शहरको रूपमा विकास गर्नेगरी उपमहानगरपालिकाले काम गरिरहेको बताए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ५१ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति