३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

गाजामा भेटिए हमासले बन्धक बनाएका ८ जनाको शव, विपिन जोशीको अवस्था अझै अज्ञात



एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव फेला परेको जानकारी दिएका छन् । उनका अनुसार यो महिनामै गाजाबाट जम्मा आठ जना बन्धकको शव भेटिइसकेको छ ।

नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै बन्धकहरूलाई फर्काउने अभियान जारी रहने बताएका छन् । “हामी जीवित वा मृत सबै अपहरणमा परेकालाई फिर्ता ल्याउँछौँ,” विज्ञप्ती जारी गर्दै उनले भने ।

उनले यस्तो भनिरहँदा नेपालका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा उनी बन्धक बनिएका थिए ।

उक्त आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन जोशी हमासद्वारा अपहरणमा परेका थिए । नेपाल सरकारले उनको अवस्थाबारे जानकारी लिन कूटनीतिक प्रयास जारी राखेपनि उनको कुनै जानकारी आएको छैन । इजरायली सेनाका अनुसार अझै करिब ५४ जना बन्धक गाजामा छन्, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : १३ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय