२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लियो क्लव अफ तिलोत्तमाद्धारा खाद्यान्न तथा खाना वितरण सम्पन्न



बुटवल । लियो क्लव अफ तिलोत्तमाले कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाइ खाद्यान्न तथा खाना वितरण गरेको छ ।

क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गको जन्मदिनको अबसर पारेर भदौ १६ गते ५० जनालाई खाद्यान्न वितरण गरेको र १७ गते देखी २४ गते सम्म  खाना वितरण गरेको थियो । क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए ।

कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्यले सञ्चालन गरीएको कार्यक्रमको पहिलो दिन २ सय ५० जनालाई खान प्रदान गरिएको थियो भने अन्य दिनमा  १ सय जना लाई खाना प्रदान गरिएको गुरुङ्गले बताए ।

खासगरी यस अभियानमा नमस्ते क्याफे भाटभटेनी रोडका विक्रम गुरुङ्गले विशेष सहयोग गरेका थिए । खानाकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्धेश्यका साथ संचालन गरीएको कार्यक्रमको समापनमा लियो क्लब ३२५ बि २ का एरिया चिफ गोविन्द बंजाडे, सेलिब्रेशन डे को डिस्ट्रक कोर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग, लियो क्लव अफ तिलोत्तमाका पूर्व अध्यक्षहरु निर्मित कसजु, सुमित श्रेष्ठ, राजन कसजु द्धितिय उपाध्यक्ष अनिल पंगेनीको उपस्थिति रहेको क्लबका सचिव सृष्टि ढकालले जानकारी दिइन ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ९ : ३३ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना