२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘मानो खाएर मुरी उब्जाउने’ दिन – तस्वीरमा धान रोपाईं



काठमाडौं । आज नेपालमा राष्ट्रिय धान दिवस मनाइँदै छ। ‘मानो खाएर मुरी उब्जाउने’  दिनको रूपमा परिचित यो दिवसले नेपालको कृषि संस्कृति र धान खेतीको महत्वलाई उजागर गरेको छ। कृषिप्रधान देश नेपालमा धान रोपाइँ केवल कृषि कार्य मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ।

देशभरका विभिन्न स्थानहरूमा किसानहरू हिलोमा रमाउँदै, हाँस्दै-खेल्दै धान रोप्ने कार्यमा सहभागी भएका छन्।

काठमाडौंदेखि तराईका फाँटहरू, पहाडका साँघुरा खेतहरूसम्म यो उत्सवले रौनकता थपेको छ। कृषिमन्त्री रामनाथ अधिकारीले पनि धान रोपाईंको फोटो सुट गरेका छन् ।

धान रोपाइँका क्रममा परम्परागत गीतहरू गाइने, हिलोसँग खेल्ने र सामूहिक रूपमा काम गर्ने परम्पराले सामाजिक एकताको सन्देश पनि बोकेको छ।

यो अवसरमा सरकारले पनि विभिन्न कार्यक्रममार्फत धान उत्पादन वृद्धि र किसानको हौसला बढाउन पहल गरेको छ। कृषि मन्त्रालयले आधुनिक प्रविधि र उन्नत बीउको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। यद्यपी किसानले समयमा बीउ मल नपाउने अवस्थालाई भने सरकारले समाधान गर्न सकेको छैन ।

राष्ट्रिय धान दिवसले नेपालको कृषि अर्थतन्त्रको आधारस्तम्भलाई सम्मान गर्नुका साथै हाम्रो सांस्कृतिक पहिचानलाई पनि जीवन्त राख्छ। यी तस्वीरहरूले नेपाली किसानको मेहनत, एकता र उत्सवको भावनालाई सुन्दर ढंगले व्याख्या गर्छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : ५३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले