नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुईजना महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर बेहोस अवस्थामा रहेकी थारूलाई उपचारका लागि भेरी अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–४ लालपुरका १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।


















प्रतिक्रिया