१४ असार २०८३, आइतबार | June 29, 2026

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुईजना महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर बेहोस अवस्थामा रहेकी थारूलाई उपचारका लागि भेरी अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–४ लालपुरका १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : ४८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा