६ माघ २०८२, मंगलबार | January 20, 2026

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता



वीरगञ्ज । पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् ।

जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर एक सय ५१ जनालाई पक्राउ गरेको जानकारी दिए ।

‘‘लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र छ जना नेपाली महिला पक्राउ परेका छन्,’’ उनले भने, ‘‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन् ।’’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आवमा एक हजार पाँच सय ६१ किलो गाँजा पक्राउ गरेको छ । त्यस्तै छ सय २५ किलो चरेश बरामद गरेको छ । त्यस्तै तीन सय ८४ ग्राम खैरो हिरोइन र साढे एक किलो अफिम बरामद गरेको छ । त्यस्तै गरी फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : २८ बजे

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका