१८ चैत्र २०८२, बुधबार | April 2, 2026

प्रचण्डद्वारा दक्षिण एशियाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशियाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् ।

अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे । उनले भने, “खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।”

प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ। ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन्। उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी छन्।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ से।मी। मुनीको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन्। पुरुष स्पोर्ट्स फिजिक १७५ से।मी। माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन्।

अध्यक्ष प्रचण्डले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत साधन उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : ५४ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”