काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा ढिलाइ र षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा असार १५ भित्र विधेयक पारित गर्ने सहमति हुँदाहुँदै पनि प्रक्रिया अघि नबढाइएकामा गम्भीर आपत्ति जनाइएको छ।
गत वैशाख १७ गते राजधानी केन्द्रित २९ दिनसम्म राजधानी केन्द्रित विशाल शिक्षक आन्दोलनपछि महासंर सरकारबीच गत वैशाख १७ गते सहमति भएको थियो । सहमतिमा सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको थियो। तर आफैले गरेको सहमतिको म्याद सकिँदा पनि सरकारले विधेयक पारित गर्नका लागि संसदमा प्रस्तुत नगरे देशभरका शिक्षक र कर्मचारीहरूमा गहिरो आशंका र आक्रोश उत्पन्न भएको महासंघले जनाएको छ।


















प्रतिक्रिया