काठमाडौं । प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा सांसदहरुले सभामुख देवराघ घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा पास गरेको कुलिङ पिरियड राख्ने व्यवस्थालाई सभाको बैठकबाट पारित गर्नेबेलामा छेडखानी गरी ‘बाहेक’ भन्ने शब्द घुसाइएको थियो । कर्मचारी अवकाशको दुई वर्षसम्म कुनैपनि निकायमा नियुक्ति खान हुने व्यवस्था कुलिङ पिरियडमा राखिएको थियो । तर, मुख्यसचिव, सचिव र सहसचिवलाई यो कुरा लागू नहुने गरी षड्यन्त्र गरिएको थियो ।
सांसदहरुले सभामुखसमक्ष संसदकै अपमान हुनेगरी गरिएको छेडखानी गर्ने व्यक्तिमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । एमालेका सांसद पदम गिरी र माओावादीका सांसदजनार्दन शर्माले निजामति विधेयकमा गरिएको छेडखानी स्वीकार्य हुन नसक्ने बताए । माओवादीका सांसद शर्माले राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडाले जिम्मेवारी लिनुपर्ने भन्दै उनको राजीनामा माग गरे ।
सभामुख देवराज घिमिरेले कुलिङ पिरियडबारे भएको छेडखानीमाथि छानबिन गरिने प्रतिबद्धता जनाएका छन्।



















प्रतिक्रिया