२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सामाजिक सञ्जालमा हिंसा भोगिरहेका गायिकाद्वय समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई



काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा दुर्वचन र दुर्व्यवहार खेपिरहेका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गृह मन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलबार गृह मन्त्रालय पुगेर गायिकाद्वयले गृहमन्त्री लेखकसँग भेटेका हुन् । उनीहरूले लेखकसँग आफूहरूले भोगिरहेको समस्या सुनाएका हुन् । पछिल्लो समयमा आफूहरूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गरिरहेका उनीहरूले गृहमन्त्रीसँग समस्या राखेका हुन् ।

गायिक चौहानले भेटपछि लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुरा व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता भइरहन्छन्, त्यो सह्य हुँदैन।’

उनले जसले यस्ता कुरा गरिरहेका छन्, ती आफ्ना फ्यान नभएका पनि बताएकी छन् । ‘ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो’, उनले भनेकी छन् ।

यस विषयमा आवश्यक सहयोग गरेकामा गृहमन्त्री लेखकज्यूलाई उनले धन्यवाद दिएकी छन् । ‘तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ’, उनले भनेकी छन् ।

उनले सोमबार मात्रै नेपाल प्रहरीको भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’विरूद्द उजुरी गरेको जानकारी अर्की गायिका एलिना चौहानले दिएकी छन् । उनले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छन् ।

उनीहरूले सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने र अश्लील गाली गलौज गर्नेविरुद्ध कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : १९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले