२० भदौ २०८३, शनिबार | September 5, 2026

सामाजिक सञ्जालमा हिंसा भोगिरहेका गायिकाद्वय समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई



काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा दुर्वचन र दुर्व्यवहार खेपिरहेका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गृह मन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलबार गृह मन्त्रालय पुगेर गायिकाद्वयले गृहमन्त्री लेखकसँग भेटेका हुन् । उनीहरूले लेखकसँग आफूहरूले भोगिरहेको समस्या सुनाएका हुन् । पछिल्लो समयमा आफूहरूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गरिरहेका उनीहरूले गृहमन्त्रीसँग समस्या राखेका हुन् ।

गायिक चौहानले भेटपछि लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुरा व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता भइरहन्छन्, त्यो सह्य हुँदैन।’

उनले जसले यस्ता कुरा गरिरहेका छन्, ती आफ्ना फ्यान नभएका पनि बताएकी छन् । ‘ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो’, उनले भनेकी छन् ।

यस विषयमा आवश्यक सहयोग गरेकामा गृहमन्त्री लेखकज्यूलाई उनले धन्यवाद दिएकी छन् । ‘तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ’, उनले भनेकी छन् ।

उनले सोमबार मात्रै नेपाल प्रहरीको भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’विरूद्द उजुरी गरेको जानकारी अर्की गायिका एलिना चौहानले दिएकी छन् । उनले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छन् ।

उनीहरूले सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने र अश्लील गाली गलौज गर्नेविरुद्ध कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : १९ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार