१४ भदौ २०८३, आइतबार | August 30, 2026

सांसदहरूले मागे राज्यव्यवस्था समिति सभापति र सचिवको राजीनामा माग



काठमाडौं । निजामति सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी छेडछाडपछि राजनीतिक वृतमा तीव्र विवाद उत्पन्न भएको छ।

विधेयकमा भएको छेडछाडप्रति असन्तुष्टि जनाउँदै संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरुले बुधबार समितिको बैठकमै सभापति रामहरि खतिवडा र सचिव सुरज दुराको राजीनामा माग गरेका छन्।

विधेयकमा रहेको ‘कुलिङ पिरियड’को व्यवस्थालाई हटाउने वा कमजोर बनाउने गरी गरिएको संशोधनले राजनीतिक हस्तक्षेपको ढोका खोल्ने भन्दै सांसदहरुले आपत्ति जनाएका हुन्। उनीहरुले विधेयक पारित गर्ने प्रक्रियालाई पनि एकपक्षीय र समितिको निर्णयविपरीत भएको बताएका छन्।

समितिको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद पदम गिरीले सभापति र सचिवको भूमिकामाथि प्रश्न उठाए । उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गरे । उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम हुने उनले प्रष्ट पारे ।

कांग्रेसका सांसद हृदयराम थानीले विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे । उनले समितिको सचिवले केही जानकारी छैन भनेर उम्किन नपाउने जिकिर गरे । थानीले एक अर्कालाई दोषारोपण गरेर सभापति र सचिवले छुट नपाउने प्रष्ट पारे ।

सांसदहरुको साझा भनाइ थियो – ूनिजामति सेवामा यस्तो छलछामपूर्ण संशोधन सैह्य छैन। सभापतिले यसमा भूमिका खेलेका छन् भने उनले पद छाड्नुपर्छ।ू

बैठकमा सभापति खतिवडाले भने विधेयक सम्बन्धी प्रक्रिया समितिको निर्णयअनुसार नै अगाडि बढाइएको दाबी गरेका छन्। उनले सत्यतथ्य ल्याउन आफुले पनि माग गरेको बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : २२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति