२९ मंसिर २०८२, सोमबार | December 15, 2025

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच भिडन्त, ६ प्रहरी घाइते



धनुषा । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान सशस्त्र प्रहरी र तस्कर समूहबीच भिडन्त भएको छ । त्यसक्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवैध सामानको सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीमाथि ठूलो संख्यामा रहेको तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र महिनाथपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको संयुक्त टोलीले एउटा मोटरसाइकल फेला पारेपछि नजिकैको टहरोमा पनि खानतलासी थालेको थियो। सो क्रममा सयदेखि डेढ सय जना जति व्यक्तिहरूले घरेलु हातहतियारसहित ढुंगामुढा गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए।

डिएसपी थापाका अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै ४ राउन्ड हवाई फायर समेत गरेको थियो।

झडपमा घाइते भएका ६ जना प्रहरीमध्ये ३ जनाको अवस्था सामान्य छ । अन्य ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : ०८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती