३० असार २०८३, मंगलबार | July 15, 2026

‘कुलिङ पिरियड’ प्रकरणका दोषीलाई कारबाही गर्न राष्ट्रियसभा सांसदहरुको माग



काठमाडौं । राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

सभाको आजको बैठकको शून्य समयमा प्रतिनिनिधिसभाबाट पास भई राष्ट्रियसभामा पेस भएको विधेयकमाथि धारणा राख्दै सदस्यहरू यस्तो माग गरेका हुन् ।

सांसद गङ्गाकुमारी बेल्वासेले कुलिङ पिरियडका विषयमा प्रतिनिधिसभामा घटेको घटनाका विषयमा गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् ।

सांसद गोपीबहादुर सार्की अछामीले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडको विषयमा बेइमानी भएको भन्दै कारबाहीको माग गरे । सांसद मृगेन्द्रसिंह यादवले निजामती विधेयकमा छलछाम गरेर प्रतिवेदन ल्याउनेलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरे ।

सांसद डा बेदुराम भुसालले सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन हालसम्म पनि नबाँडिएको र किन नबाँडिएको हो भन्नेबारे आशङ्का पैदा भएको बताए ।

सांसद जगप्रसाद शर्माले मनसुनको समय सुरु भइसकेकाले मौसमविद् र विज्ञको चेतावनीअनुसार सम्भावित जोखिमबाट बच्नका लागि तयारीका विषयका बारेमा सरकारको ध्यानाकर्षण गराए। सांसद तारामान स्वाँरले पश्चिम क्षेत्रमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्व तयारी गर्न सरकारसँग आग्रह गरे ।

सांसद मायाप्रसाद शर्माले २०८० कात्तिक १७ गते गएको भूकम्पको घाउ नमेटिएकै अवस्थामा मनसुनका कारण भूकम्पपीडितलाई कतिपय स्थानमा समस्या भएकाप्रति सरकारको ध्यानाकर्षण गराए । अर्का सदस्य सुमित्रा बिसीले सुर्खेत–जुम्ला सडक वर्षात्का कारण बिहीबारको पहिरोका कारण अवरुद्ध भएकाले तत्काल निर्माण गर्न सरकारसँग माग गरिन ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ०७ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित