४ चैत्र २०८२, बुधबार | March 18, 2026

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण



काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत वाटर चिलर हस्तान्तरण गरेको छ ।

गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

आज बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख श्री मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

उक्त अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुदाँ समस्या देखा परेको जानकारी पाए पश्चात बैंकले उक्त  प्रदान गरेको हो ।

बैंकले स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पु-याउने अपेक्षा गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : ०९ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन