१ कार्तिक २०८३, आइतबार | October 18, 2026

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु



दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी १० वर्षीया आशिका घर्ती रहेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु हुने बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

आज बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएकी थिइन् । उनी दिदीसँगै घर फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसिन् र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै बालिकाको खोजीको लागि सुरक्षाकर्मी खटिएका थिए । प्रहरीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बालिकाको शव दिउँसोे तालबाट निकालेको थियो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : ४५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा