१३ असार २०८३, शनिबार | June 27, 2026

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड



मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए । पछिल्लो समय आफूखुसी घर निर्माण गर्दा मौलिकता मासिएको भन्दै घर निर्माणमा निश्चित मापदण्ड तोक्नु परेको उनले बताए ।

गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा भवन निर्माण गर्दा भित्तामा सेतो र घरको छत (बोर्डर), झ्याल, ढोकाको रङ कालो हुनुपर्ने नियम बनाएको छ । यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिनेसमेत गाउँपालिकाले जनाएको छ ।

“जिल्लाको पहिचान नै यहाँका ढुङ्गा र माटोले निर्मित परम्परागत घरहरू हुन् । पछिल्लो समय आधुनिकताका कारण त्यही पहिचान मासिँदै गएको छ । त्यसैले नियम लागू गर्नुपरेको हो”, अध्यक्ष विष्टले भने ।

नियम पालनाका लागि पालिकाले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित अनुदानको व्यवस्थासमेत गरेको छ । “हामीकहाँ गुम्बाको रङ रातो र पहेँलो, व्यक्ति र समुदायका घर सेतो र कालो हुन्छ”, उनले भने, “त्यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ । क्षमता नभएकालाई सहयोगको नीति पनि छ । पक्कै यसले प्रोत्साहन गर्नेछ ।”

यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँबस्तीका घरको भौतिक संरचना ढुङ्गा र माटोले निर्मित छन् । यहाँ सदियौँदेखिको घरका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन छ । पछिल्लो समय यहाँ कङ्क्रिटका घर निर्माण हुने क्रम बढ्दो छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ९ : १५ बजे

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष