१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन



काठमाडौं ।

औंसी बनेर कालो, ढल्किन्छ रात मेरो,
आगो छ सम्झना त्यो, सल्किन्छ रात मेरो ।

गजलकार घनश्याम पथिकका यी शेर सर्वनाम थिएटरमा विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा गुञ्जिँदा हल स्तब्ध बन्यो । गजलमा हराइरहेका २०० बढी श्रोताहरू जय गौडेलका शब्द ‘जुधाएर मेरा नजर ती नजरमा÷म खोज्दै छु आफ्नो खबर ती नजरमा’ गुञ्जिँदा ुवाह १ वाह १ ’सँगै झुमिरहेका थिए ।

गजलकार सुरेश सुवेदीका शब्दमा सन्तोष यसरी पोखिए– ‘तिमी आँसुका नागबेलीहरूमा/बग्यौ छल्किँदै यी परेलीहरूमा ।’ श्रोताहरू यसरी मुग्ध बने कि तालीका पर्रा निरन्तर छुटिरहे । फेरि रश्मि असफलका शब्द गुञ्जिए– ‘सधैँ दिलको महल झलमल गरी राख्नू/छ कोही साथमा अड्कल गरी राख्नू ।’

अझ रोकिएन माहोल । ज्ञानु विद्रोहीको वियोगान्त शब्द ‘बित्दै छ रात सिंगै, फोटो चुमेर तिम्रो/पोल्दै छ सम्झनाले, आलो बनेर तिम्रो’ गाइरहँदा स्तब्ध बनेको माहोल प्रभाती किरणका शब्द ‘पराई मन हरी आफ्नो, बनायौ ख्यालख्यालैमा/म ढुंगा थेँ तिमीले नै, गलायौ ख्यालख्यालैमा’ र रूपक अलङकारका शब्द ‘नयनमा पोखरी तिम्रो, मलाई पौडिने मन छ/त्यसैमा सुस्तरी डुब्ने, त्यसैमा तैरिने मन छ’ गाइएपछि जुरुक्कै उचालियो ।

वाद्यवादनमा तबलामा रमेश डंगोल, बाँसुरीमा धनबहादुर गुरुङ र गिटारमा राजकुमार समालले साथ दिएका थिए ।

नेपाली गजलको विकास, विस्तार र परिष्कार अभियानसहित २० वर्षअघि स्थापित अनाममण्डलीले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव भव्य प्रत्यक्ष गजल गायनसहित सम्पन्न गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित ‘अनाम प्रत्यक्ष गजल गायन, २०८२’मा विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले एकल संगीत र स्वरमा ७ जना गजलकारका ७ वटा गजल गाए ।

अनाममण्डलीका संस्थापक र सक्रिय सदस्यहरू सुरेश स्वेदी, प्रभाती किरण, ज्ञानु विद्रोही, रश्मि असफल, घनश्याम पथिक, रूपक अलङ्कार र जय गौडेलका गजलहरूले उपस्थित श्रोताको मन सर्लक्कै जिते ।

‘नेपाली गजल गायनको स्वर्ण दशक, २०८०–२०९०’ अन्तर्गत आयोजित कार्यक्रममा अनाममण्डलीका संस्थापक सल्लाहकार प्राडा देवी नेपाल र संस्थापक अध्यक्ष सुरेश सुवेदीलाई सम्मानसमेत गरिएको थियो ।

सल्लाहकार नेपालले अनाममण्डली मोतीमण्डलीपछिको नेपाली गजलको आधिकारिक, विश्वसनीय र ऐतिहासिक संस्था भएको बताए । उनले अनाममण्डलीले आफ्नो स्थापनापछि प्राज्ञिक, अनुसन्धानात्मक र गजल परिष्कारका क्षेत्रमा विशेष योगदान गरेको उल्लेख गरे ।

संस्थापक अध्यक्ष सुवेदीले तत्कालीन समयमा लेखनमा अलमलमा रहेको गजललाई सैद्धान्तिक स्वरूपमा परिष्कृत गर्न अनाममण्डली स्थापना भएको र आज नेपाली गजलले परिष्कारको मार्ग समातिरहेको भन्दै खुसी व्यक्त गरे ।

प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले नेपाली गजलको परिष्कार र विस्तारमा अनाममण्डलीको भूमिका महत्त्वपूर्ण र अर्थपूर्ण रहेको बताए । बरालले गजल गायनका विभिन्न स्थानका अभ्यासको चर्चा गर्दै नेपाली गजल गायन आफ्नै शैली र संरचनाबाट अघि बढेको उल्लेख गरे । उनले गजल गायनको निश्चित शैली र संरचना नभएकाले यसलाई हरेक संगीतकारले आफ्नै किसिमले संगीत गर्न र गाउन सक्ने सुनाए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : २२ बजे

पोखराको फिर्केखोलाको खोलाघरमा बनेको संरचना आजदेखी हटाउदै महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१

ह्वाइट हाउस नजिक गोली चल्दा उच्च सतर्कता, ट्रम्प सुरक्षित

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक गोली चलेपछि

आजको मौसम : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ