चितवन । चितवनको सिमलतालमा गएराति मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल नजिकबाट भारतीय मिनि ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । मङ्गलबार राति साढे १० बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनि आईचर ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय ट्रक चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन् ।
दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ ।


















प्रतिक्रिया