७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चितवन प्रहरी हराएको मोबाईल खोजि अभियानमा



चितवन । चितवनमा तपाईको मोबाईल हराएको छ भने चिन्ता नगर्नुहोस् । प्रहरीले हराएको मोबाईल खोज्ने अभियाननै थालेको छ । पछिल्लो समय चितवनमा बिभिन्न ब्यक्तिहरुको हराएको १७ थान मोबाईल प्रहरीले खोजिगरेर सम्बन्धितलाई फिर्ता गरिदिएको छ ।

चितवनमा हरेक दिनजसो माबाईल चोरी हुने तथा हराउने गरेको गुनासो आएपछि चितवन प्रहरीले मोबाईल चोरी गर्ने वा भेटाउनेहरुको योजना बनाएर खोजि अभियान थालेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गले बताए । गुरुङका अनुसार प्रहरीले चोरीका मोबाईलहरु खोज्न छुटै युनिट नै खडा गरि अभियान सुरु गरेको हो ।

चितवन प्रहरीले निगरानी बढाएसंगै चोरीका मोबाईलहरु भेटिन पनि थालेको छ । कार्यालयको सूचना संकलन तथा अन्वेषण शाखाको नेतृत्वमा विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित १७ वटा मोबाइल धनीलाई जिम्मा लगाईएको चितवन प्रहरीले जनाएको छ ।

मोबाइलहरु हराएका तथा चोरी भएको निवेदन दर्ता हुने क्रम बढेको पाईएपछि अभियानकै रुपमा खोजि अभियान थालिएको र पत्तालाग्ने क्रम पनि सुरु भएको एसपी गुरुङले बताए । चितवनमा पछिल्लो २ महिनामा ८० बढी मोबाईल हराएको उजुरी परेको थियो ।

प्रहरीले आईएमई नम्बरको आधारमा हराएका मोबाईलहरु बरामद हुन थालेको उनले बताए । हराएको वा चोरी गरेको मोबाईलमा जुनसुकै सिमा हालेर प्रयोगमा आए लगत्तै आईएमई नम्बरको आधारमा पक्राउ गर्न सहज हुने प्रहरीको भनाई छ ।

एसपी गुरुङले मोबाईल खरिदकर्ताहरुले अनिवार्य इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर सेभ गरेर राख्न नागरिकलाई आग्रह गरे । मोबाईल हराउंदा इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर सहित उजुरी परेर खोजि गर्न सजिलो हुने उनको भनाई छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ४ : ०७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा