२९ असार २०८३, सोमबार | July 13, 2026

अख्तियार प्रमुख राईलाई महाअभियोग लगाउन कांग्रेस सांसदको माग



काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी छन्।

राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद पन्तले सांसद पन्तले राईमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेकी हुन्।

पन्तले माग गरेको महाअभियोगको कारण वाइडबडी विमान खरिद प्रकरणसँग जोडिएको छ। उक्त प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाको फैसलामा विशेष अदालतले प्रमुख आयुक्त राईमाथि अभियोजन नगरेको विषयमा गम्भीर प्रश्न उठाएको थियो। अदालतले निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्तिमाथि कारबाही गरिएको तर राईलाई उन्मुक्ति दिइएको भन्दै चयनमुखी अभियोजन भएको टिप्पणी गरेको थियो।

यस आधारमा सांसद पन्तले राईमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेकी हुन्।

पन्तले मुलुकमा सुशासनको गम्भीर संकट देखिएको बताउँदै भ्रष्टाचार र अनियमितता झनै मौलाउँदै गएको टिप्पणी गरिन्।

उनले राज्यका प्रमुख अंगहरूप्रति जनताको विश्वास घट्दो क्रममा रहेको र सेवा प्रदायक तथा सेवाग्राहीबीच पनि विश्वासको संकट बढिरहेको उल्लेख गरिन्।

पन्तले पछिल्लो समय भ्रष्टाचारमा संलग्न भनिएका मन्त्रीहरू खुलेआम हिँडिरहेकामा आश्चर्य व्यक्त गर्दै सरकार मौन बस्न मिल्ने कि नबोल्ने भन्ने प्रश्न उठाइन्।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : २२ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको