५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

बजेट पास गर्दा सत्तानपक्ष छाडेर प्रतिपक्ष बेन्चमा सरेका सन्तोष पाण्डेय लुम्बिनी सरकारको मन्त्री नियुक्त



दाङ । बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डेयलाई प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज लोसपा सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका छन् ।

प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गर्दै पाण्डे सहित ३ जना सांसद प्रतिपक्षको बेन्चमा बस्न पुगेका थिए । तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता हुन् ।

उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने बताइएको छ । एकाएक मन्त्री नियुक्त गरिएको सूचना इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई पठाइएको प्रदेश मन्त्रिपरिषदका एक मन्त्रीले बताए ।

मन्त्रिमण्डल सानो बनाउने घोषणा गरेका मुख्यमन्त्री आचार्यको ११ सदस्यीय मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्य आफैसँग राखेका थिए । वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री छन् ।

बजेटको छलफल र बजेट पास गर्दा प्रतिपक्षबिहिन बन्नबाट प्रदेशसभालाई जोगाएर सरकारलाई सहयोग गरे वापत पाण्डेलाई मन्त्री बनाएर मुख्यमन्त्री आचार्यले गुन तिरेको प्रदेशसभाका एक सदस्यले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ५७ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही