५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

प्रदेश प्रमुख ‘अचानक अस्वस्थ’ भएपछि बागमतीमा मन्त्रीहरुको शपथ स्थगित



काठमाडौं । बागमती प्रदेशमा आज तय गरिएको नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेश प्रमुख अचानक अस्वस्थ भएको भन्दै उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गरेपछि शपथग्रहण कार्यक्रम। बिहीबार दिउँसो १ बजेका लागि तय भएको शपथग्रहण समारोह अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै शपथ स्थगित गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ, “बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीहरूको सपथ ग्रहण समारोह मिति २०८२ साल श्रावण १५ गते विहीबार दिनको १ बजेका लागि तय गरिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएकाले उहाँ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको छ। उहाँको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए । तर आफ्नै पार्टीभित्रको विवाद र सत्ता साझेदार नेकपा एमालेले समेत लामालाई नयाँ मन्त्रीहरुको शपथ नगराउन चेतावनीका कारण हिजै शपथ दिलाउने लामाको प्रयास रोकिएका थियो । लामाले कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम समेत रहेका कारण शपथ स्थगित भएको प्रतिक्रिया दिएका थिए ।

हिजो भएको संसदीय दलको नेताको निर्वाचनमा मुख्यमन्त्री लामा आफ्नै पार्टीका इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन् । लामाले १४ मत मात्र प्राप्त गर्दा बानियाँले २२ मत प्राप्त गरेका थिए ।

संसदीय दलको नेतामा पराजित भए पनि आफु मुख्यमन्त्रीमा रहिरहने लामाले दाबी गर्दै आएका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गरेका कारण संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्री छोड्न नपर्ने उनले तर्क गरेका छन् । उक्त धारामा प्रदेशसभामा स्पष्ट बहुमत नपुगेका अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने प्रावधान छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : २३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही