८ माघ २०८२, बिहिबार | January 22, 2026

‘सरकारले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’



काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।
सो समितिका तर्फबाट शुक्रबार जारी गरेकोविज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आवद्ध भएर समितिले काम गर्ने बताएको छ ।

सरकारले हालै समिति गठन गठन गर्दै नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान शंसोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्न कार्यादेश दिएको छ । कार्यादेश पूरा गर्न आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि रेढक्रसको नयाँ नेतृत्वले आग्रह गरेको छ ।

नेपाल रेडक्रसमा लामो समयदेखि चल्दै आएको विवाद चुलिँदै जाँदा २०८१ सालमा २ वटा समानान्तर समिति नै बन्न पुगेको थियो । नेतृत्वको वैधानिकता माथि प्रश्न, आर्थिक अपचलनको आरोप र बिभिन्न विवादमा रेडक्रस नेतृत्व परेपछि अन्तर्राष्ट्रिय रेडक्रस (IFRC) ले नेपाल सरकारलाई दुई महिनाभित्र स्वतन्त्र समिति गठन गर्न, विधान संशोधन गर्न र नयाँ निर्वाचन गर्न सिफारिश गरेको थियो । यसलाई कार्यान्वयन नगरेमा संभावित प्रतिबन्धको चेतावनी पनि अन्तर्राष्ट्रिय रेडक्रसले दिएपछि सरकारले नेपाल रेडक्रसको नयाँ तदर्थ समिति गठन गरेको हो । यद्देपी नव नियुक्त रेडक्रसका सदस्यहरु पनि दलगत भागवण्डाबाट पार्टी कार्यकर्ताहरु चयन भएपछि आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ४९ बजे

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप