१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ७ : २४ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी