५ असार २०८३, शुक्रबार | June 20, 2026

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका



सुर्खेत । गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । बाढी पहिरोमा परेर १३ जना भन्दा बढी बेपत्ता रहेको परिवारका सदस्यले जानकारी दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

यस विषयमा परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । उत्तरकाशीको बाढीमा सय भन्दा बढी बेपत्ता रहेको बताइएको भएपनि अहिलेसम्म स्पष्ट आँकडा बाहिर आएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : २१ बजे

नेपालमा प्रवेश भयो मनसुन, तर कमजोर उपस्थिती

काठमाडौं । नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला

बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाण्डौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

एजेन्सी । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

काठमाडौँ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

काठमाडौँ, ५ असारः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद