१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

४५ वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न चितवन प्रशासनको निर्देशन



चितवन । शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौं। अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।” बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासनले विभिन्न चरणमा आवश्यक काजगपत्र पेस गर्न सूचना जारी गरेको थियो ।

उनका अनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । तीबाहेक अन्यलाई बन्द गर्न निर्देशन दिइएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : ४६ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका